पाकिम जिल्लाका जिल्लापालले गरे विभिन्न स्थानको निरीक्षण

IMG-20240629-WA0273

गान्तोक: पाकिम जिल्लाका जिल्लापाल आगवाने रोहन रमेश, अतिरिक्त जिल्लापाल (विकास) रबिन सेवा, महकुमा अधिकारी डाकमन सुब्बा लगायत विभिन्न विभागका अधिकारीहरूले आज पाकिम बजार र ग्रीनफिल्ड हवाई अड्डाको निरीक्षण गरे। यस अवसरमा नेशनल हाइवेज एण्ड इन्फ्रास्टक्चर डेभलोपमेन्ट कर्पोरेशन लिमिटेडका अधिकारीलगायत एयरपोर्ट अथोरिटी अफ् इण्डियाका अधिकारीहरू पनि सामेल रहेका थिए। निरीक्षण टोलीले भानु गोलाइदेखि डिकलिङ सडकसम्म वर्षायमले पुऱ्याएको क्षतिबारे जायजा लिए। विशेष गरेर निरीक्षण टोलीले पाकिम हवाइ अड्डाको निरीक्षण गर्दै निरन्तर परेको पानीले पुऱ्याएको क्षतिबारे जानकारी लिए। यस अवसरमा एनएचाआइडीसीएल र एयर पोर्ट अथोरिटि अफ् इण्डियाका अधिकारीहरूले हवाइ अड्डामा देखिएका समस्याहरू समाधान गर्ने आश्वासन दिएका छन्। टोलीले जिल्लामा खानेपानीको समस्या र अभाव भएको स्वीकार गर्दै जतिसक्दो चाँडो समस्या समाधान गर्ने प्रतिबद्धता जनाएका छन्।

यसैक्रममा पाकिम जिल्लाका जिल्लापालले सम्बन्धित विभागप्रति जवाफदेही हुनुपर्नेमा जोड दिँदै स्थानीय बासिन्दा र उनीहरूको सम्पत्तिमा ठूलो असर परिरहेकोले समस्या समाधान गर्न समन्वय कायम गर्न आग्रह गरे। यसका साथै उनले पीडित परिवारसँग पनि अन्तरक्रिया गरे र उनीहरूको गुनासो स्वीकार गर्दै उनीहरूको आवश्यकतालाई सम्बोधन गर्न उचित सहयोग उपलब्ध गराइने बचन दिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement