रे मिन्दुमा सचेतना कार्यक्रम आयोजित

IMG-20240629-WA0272

गान्तोक: महिला एवम वाल विकास विभाग अन्तर्गत सञ्चालित डीएचईडब्ल्यू-का कर्मचारीहरूको पहलमा आज राङका रे मिन्दु ग्राम पञ्चायत यूनिटमा एक सचेतना कार्यक्रम आयोजना गरियो। उक्त कार्यक्रममा वार्ड पञ्चायत, पञ्चायत अध्यक्ष लगायत स्थानीयहरूले पनि व्यापकरूपमा सहभागिता जनाएका थिए। स्वागत सम्वोधनको क्रममा हबका कर्मचारी रिमा हाङमाले यस कार्यक्रम आयोजना गरिनुको महत्व र उद्देश्यबारे प्रकाश पारिन्। विशेष गरेर उनले हबले महिला सशक्तिकरणको क्षेत्रमा राज्य सरकारले विभिन्न योजना साथै पहल शुरू गरेको अवगत गराइन्। सोही क्रममा एसडब्ल्यूओ मनिकला गुरूङले बेटी बचाऔ बेटी पढाऔ योजनाबारे जानकारी गराउँदै समाजमा महिलाहरूसँग हुने भेदभाव जस्ता प्रमुख विषयमाथि जानकारी गराउँदै महिलाहरूप्रति नागरिकको नकारात्मक मानसिकतमा परिवर्तन ल्याउनु पर्ने विषयमा जोड दिइन्। उनले विशेष गरेर बालिकाको शिक्षा र समाजमा उनीहरूको सहभागिता सुनिश्चित गर्ने सरकारको योजना र महत्वपूर्ण भूमिकामाथि प्रकाश पारिन्।

वान स्टप सेन्टरकी कानूनी कार्यकर्ता यानमान सुब्बाले हिंसाबाट प्रभावित महिलाहरूलाई सहयोग गर्ने ओएससी

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement