जौंबारीमा आयोजित प्री सुब्रतो मुखर्जी जिल्ला स्तर अन्तर विद्यालय फुटबल प्रतियोगिताको फाइनल खेल सम्पन्न

IMG-20240629-WA0271

गान्तोक: साेरेङ जिल्ला अन्तर्गत जौंबारी स्टेडियममा गत २४ जुनदेखि आयोजित प्री-सुब्रतो मुखर्जी जिल्लास्तर अन्तर विद्यालय फुटबल प्रतियोगिताको फाइनल खेल आज सम्पन्न भयो। फाइनल खेलको अवसरमा पूर्व विधायक आदित्य गोले प्रमुख अतिथिका रूपमा उपस्थित थिए। पन्ध्र र सत्रह बर्ष उमेर समूहका किशोर -किशोरी वर्गमाझ उक्त प्रतियोगिता सम्पन्न भएको थियो। सिक्किम सरकारको खेल तथा युवा मामिला विभागको तत्वावाधनमा आयोजित प्रतियोगिताको फाइनल खेलको अवसरमा पूर्व विधायक आदित्य गोलेको साथमा सीएलसी संयोजक दिवस गोले र समाजसेवी सुभाष तामाङ घिसिङ, समाजसेवी विकास गोले तथा मुख्यमन्त्रीका सीए आशमान सुब्बा विशिष्ट अतिथिको रूपमा उपस्थित थिए। यस अवसरमा मुख्य अतिथिले आजको दुवै खेलका विजयी र उपविजयी दललाई साथै २ जना उत्कृष्ट खेलाडीलाई प्रोत्साहनस्वरुप नगद राशि प्रदान गरे। आजको पहिलो खेल सोमबारिया र डनबस्को स्कूल र दोस्रो खेल सोम्बारिया र टिम्बुरबुङमाझ सम्पन्न भएको थियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement