कोचबिहारमा भाजपाकी महिला कार्यकर्तालाई कुटपिट गरेको आरोप

00-1-copy-1

कोचबिहार: कोचबिहारमा भाजपा महिला कार्यकर्तालाई टीएमसीका कार्यकर्ताहरूले कुटपिट गरेको आरोप भाजपाले लगाएको छ। यो घटनाले जिल्लाभर सनसनी फैलाएको छ। भाजपाको आईटी सेल अमित मालवीयले सामाजिक सञ्जालमा यस घटनासँग सम्बन्धित एउटा भिडियो ट्वीट गरेका छन्। यस विषयमा राष्ट्रिय महिला आयोगले ध्यानाकर्षण गराएको छ। आयोगका तर्फबाट पचिम बंगाल पुलिसलाई कारबाही गरी तीन दिनभित्र प्रतिवेदन बुझाउन निर्देशन दिइएको छ। यस मामिलामा पीडित महिलाको बयान पनि बाहिर आएको छ, उनले आफू भाजपामा आबद्ध भएको बताएकी छन्। तृणमूलका कार्यकर्ताहरूले हमला गरेको आरोप उनले लगाएकी छन्। त्यसपछि उनलाई घाइते अवस्थामा अस्पतालमा भर्ना गरिएको थियो। घटनापछि स्थानीय भाजपा नेताहरूले महिलालाई आश्रय दिएको महिलाले बताइन्। डरका कारण उनी घर जान नसकेको पनि बताइएको छ। यस विषयमा भाजपा नेता विराज बसुको बयान अघि आएको छ। उनले भने, ‘निर्वाचन परिणाम घोषणा भएदेखि पीडित महिला एक अर्थमा घरमै नजरबन्दमा छिन्। दोषीलाई तत्काल कारबाही गर्नुपर्छ। अभियुक्तलाई पक्राउ गर्नुपर्छ।‘ अर्कोतर्फ, स्थानीय टीएमसी नेताले भने, ‘यो पूर्ण रूपमा पारिवारिक विवाद हो। भाजपाले यहाँ राजनीति गर्न खोजेको छ। जसरी सन्देशखालीमा गर्न खोजियो।‘

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement