कोको गफ-लाई पराजित गरी सिमोना हालेप सेमिफाइनलमा

IMG-20220813-WA0119.jpg

१३ अगस्तः दुईपल्टकी च्याम्पियन सिमोना हालेपले अमेरिकाकी कोको गफ-लाई ६-४, ७-६-ले पराजित गरी टोरण्टोमा जारी नेशनल ब्यांक ओपन टेनिस टुर्नामेण्टको सेमिफाइनलमा प्रवेश गरिन्। रोमानियाकी ३० वर्षीय हालेपले २०१६ र २०१८-मा यस टुर्नामेण्टमा खिताब जितेकी थिइन्। अब उनको सामना सातौं वरीयता प्राप्त जेसिका पेगुलासँग हुनेछ। पेगुलाले कजाखस्तानकी यूलिया पुतिनत्सेवालाई ६-३,६-३-ले पराजित गरिन्। यसरी नै ब्राजीलकी बीट्रिज एच माइयाले स्विट्जरल्याण्डकी १२औं वरीयता प्राप्त बेलिण्डा बेनसिचलाई २-६, ६-३, ६-३-ले पराजित गरिन्। अब उनको सामना शीर्ष ऱ्यांकिंग भएकी पोल्याण्डकी इगा स्वियातेकसँग हुनेछ। यसरी नै चेक गणराज्यकी क्यारोलिना प्लिसकोवाले चीनकी झेंग किन्वेन विरुद्ध खेल्नेछिन्।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *