दार्जीलिङ: पहाडमा नेता छैन,सबै व्यापारीहरू मात्र छन् भनी बताउदै भनेका छन्। दार्जिलिङको सोम चियाबारीको रोडमा हाम्रो पार्टीले आज असार पन्द्रहको दिन धान रोप्यो। सोम चियाबारी जाने सडक जीर्ण अवस्थामा पूगेको छ। रोडको जीर्ण अवस्था देखेर स्थानीय मानिसहरूले विगतका दिनहरूमा विरोध प्रदर्शन,अनशन आदि जस्ता कार्यहरू गर्दै आइरहेको छ।जन आवाजको कदर गर्दै जीटीएको अभियन्ता विभागले गत 2023 मा रोड निर्माणको अर्डर जारी गरेर निर्माण कार्यको सुरु पनि गरेको थियो, तर निर्माण कार्य निम्न स्तरको भएको हुनाले निर्माण गरेको केही दिनमा नै बीच सडकहरूमा प्वाल पर्न थालेको छ। हाम्रो पार्टीको केन्द्रीय कार्यकर्ता एंव सूम चिया कमान निवासी भरत तामाङले बताएका छन, विभागीय अधिकारीद्वारा जारी गरिएको अर्डरमा रोडको निर्माण कार्य ६ महिनाभित्रमा पूरा गर्ने स्पष्ट बताएको भएता पनि बर्ष दिन बितिसक्दा पनि आजसम्म निर्माण कार्य पूरा नभएको तामाङले बताए।सोम कमानको रोडको जीर्ण अवस्थामा पूगी सकेको छ,रोडको बीचबीचमा ठूल्ठूला खडल परी सकेको छ अनि ती गडडाहरूमा पानी जमेर बसेको छ,जसले गर्दा मानिसहरूलाई हिडन समेत गाह्रो पर्न गई रहेको उनले बताए। विलम्ब रोड निर्माणको कार्य र निम्न स्तरको निर्माण कार्यको विरोधमा आफुहरूले विभागीय अधिकारीहरू समक्ष गुहार लगाउँदा समेत कुनै फाइदा नहुदा अब हामीसंग न्यायलयमा जानु बाहेक अरू कुनै विकल्प नरहेको तामाङले बताए।सोम चियाकमान रोड यति जीर्ण अवस्थामा पुगिसकेको छ,यस बारे विभागीय अधिकारीहरूको ध्यान आकर्षण गर्न हामीले रोडमा धान रोप्न बाध्य भएका छौ।रोड निर्माणको विषयबारे हामीले सम्बंधित विभागीय अधिकारी,ठेकादार सवै सबैलाई अवगत गरायौ यहासम्म की आरटीआई-सम्म गर्यौ तर आजसम्म जवाफ समेत दिएको छैन,अब हामी एक पटक फेरि सवैलाई विभागीय अधिकारीहरूलाई अवगत गराउने छौ र पनि जनताको आवाजलाई पत्तो नदिए हामी न्यायको लागि न्यायलय जानु बाध्य हुनेछौ।

उनले अझ भने, सांसद राजु विष्टले हामीलाई जो वचन दिएर अनशनबाट उठाए तर उनले पनि आजसम्म आफ्नो वचन पूरा नगरेको तामाङले बताए। पहाडमा नेता भन्ने कोही छैन सबै ब्यापारीहरू मात्र छन्, लाल कोठीमा पनि ब्यापारीहरू नै छन् तामाङ भने।










