खरसाङ नगरपालिकाको विभिन्न स्थानहरूमा पैह्रो

IMG-20240629-WA0254

नगरपालिकाद्वारा पैह्रो प्रभावित क्षेत्रको निरीक्षण

खरसाङ: केही दिनदेखि लगातार परिरहेको पानीको कारणले खरसाङ नगरपालिकाको विभिन्न स्थानहरूमा पैह्रो गएको छ। खरसाङ नगरपालिका अन्तर्गत विभिन्न वार्डहरूमा अविरल वर्षाको कारण गएको पैह्रोको निरीक्षण गर्न नगरपालिका उपाध्यक्ष सुवास प्रधान र क्षेत्रीय सभासद श्याम शेर्पाको अगुवाईमा साथै अन्य प्रतिनिधि अनि नगरपालिकाका अधिकारीहरू पुगेका थिए। उनीहरूले पैह्रो प्रभावित क्षेत्रहरूको निरीक्षण गर्दै तत्काल राहत सामग्री तथा तारपोलिनहरू वितरण गरेका छन्।

निरीक्षणपछि पत्रकारहरूसँग कुराकानी गर्दै नगरपालिका उपाध्यक्ष सुवास प्रधानले लगातार परिरहेको पानीले नगरपालिका क्षेत्रका नाली, झोडहरू बन्द भएर त्यहाँका पानीहरू जताततै बग्ने हुनाले पैह्रो गइरहेको जनाए। यद्यपि तिनले कतै पनि पैह्रो गएको खण्डमा नगरपालिकालाई शीघ्र खबर गर्ने अनुरोध गर्दै नगरपालिकाबाट आवश्यक राहत सामग्रीहरू उपलब्ध गराउने बताएका छन्। प्रधानले राती वार्ड नम्बर सातमा घटेको घटना विषय पनि जानकारी लिँदै नगरपालिकाद्वारा त्यहाँ पनि राहत तथा सहयोग गर्ने कार्य गरिएको जनाए। तिनले पैह्रोलाई लिएर कसैले नकरात्मक प्रतिक्रिया नगरिदिने जनाउँदै यद्यपि नगरपालिका क्षेत्रमा कुनै पनि प्रकारको घटना घटे अथवा असुविधाहरू वर्तमान नगरपालिकाको बोर्ड अफ एडमिनिस्ट्रेशन तथा नगरपालिका कर्मचारीहरूले आवश्यक सेवा र सहयोग प्रदान गर्ने जनाए।

तिनले कसैको घर तथा क्षेत्रमा पैह्रो गए तत्कालै नगरपालिका अध्यक्षलाई सम्बोधन गरेर एउटा पत्र लेख्ने अथवा खबर गर्ने अनुरोध गर्दै नगरवासीको सहयोग गर्न जीटीए अनि नगरपालिका सदैव प्रतिबद्ध रहेको बताएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement