अलिपुरद्वारमा अतिक्रमण हटाउने अभियान जारी

IMG-20240629-WA0199

अलिपुरद्वार: अलिपुरद्वार शहरमा शनिबार पनि बेदखल अभियान जारी रह्यो। प्रशासनले अलिपुरद्वार शहरका विभिन्न क्षेत्रहरूमा अवैध निर्माणहरू भत्कायो। यस अभियानमा अलिपुरद्वारका एसडीओ र अलिपुरद्वार नगरपालिकाका अध्यक्ष उपस्थित थिए। आज चौपाठी क्षेत्रमा अवैध रुपमा बनेका केही पसलहरु भत्काइएको छ। आगामी दिनमा पनि प्रशासनले अतिक्रमण हटाउने अभियानलाई निरन्तरता दिने बताएको छ। उल्लेखनीय छ कि मुख्यमन्त्री ममता बनर्जीको निर्देशनमा राज्यभर अवैध निर्माण र अतिक्रमण हटाउने अभियान चलिरहेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement