खेतमा काम गर्दागर्दै लडेर २५ वर्षीय युवकको मृत्यु

Death-Image-Rep-copy-5

 झापा (नेपाल): सुनसरीको इटहरीमा खेतमा काम गर्दागर्दै लडेर एक युवकको मृत्यु भएको छ। इटहरी ५ मा रहेको घरेलु तथा साना उद्योग कार्यालय नजिकै खेतमा काम गर्दागर्दै २५ वर्षीय द्रोणबहादुर राई लडेका थिए। इलाका प्रहरी कार्यालय इटहरीका अनुसार शुक्राबर दिउँसो १ बजे घोप्टो परेर हिलोमा लडेको अवस्थामा मानिस खेतमा देखेपछि स्थानीयले पुलिसलाई खबर गरेका थिए। “लडेको र उठ्न नसकी सो स्थानमा मृत्यु भएको देखिन्छ। के भएर लडेको हो पोस्टमार्टमपछि खुल्छ,” इलाका प्रहरी कार्यालय इटहरीका इन्स्पेक्टर शम्भु बस्नेतले भने। मृतक राईको शव पोस्टमार्टमका लागि धरानस्थित वीपी कोइराला विज्ञान प्रतिष्ठान पठाइएको बस्नेतले जानकारी दिए। घटनाबारे थप अनुसन्धान भइरहेको पुलिसको भनाइ छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement