चेन्नई: भारतीय महिला क्रिकेट टीमले शनिवार यहाँ दक्षिण अफ्रिकाविरुद्ध एकमात्र टेस्ट म्याचको दिन ६ विकेटमा ६०३ रन बनाएर ईनिंग्स घोषित गरेर नयाँ रेकर्ड बनायो। यो महिला टेस्ट क्रिकेटमा कुनै पनि टीमको एउटा ईनिंग्समा सर्वाधिक स्कोर हो। यसअघि यो रेकर्ड अष्ट्रेलियाको नाममा रहेको थियो, जसले यस साल पर्थमा ९ विकेटमा ५७५ रन बनाएको थियो। दक्षिण अफ्रिकाविरुद्ध एकमात्र टेस्ट म्याचको दोस्रो दिन आज रिचा घोष (८६ रन)-ले १०९औं ओभरको पहिलो बलमा चौका लगाउनको साथै भारतले अष्ट्रेलियाको रेकर्ड तोड़्यो। भारतलाई यस उपलब्धिसम्म पुऱ्याउनमा ओपनिंग ब्याटरद्वय शेफाली वर्मा (२०५ रन) र स्मृति मन्धना (१४९ रन)-ले ठूलो भूमिका निर्वाह गरिन्। यी दुईले पहिलो विकेटको निम्ति २९२ रनको रेकर्ड पार्टनरशीप गरी टीमलाई विशाल स्कोर तर्फ अग्रसर गराइन्। यो महिला टेस्ट क्रिकेटको इतिहासमा पहिलो विकेटको निम्ति सबैभन्दा ठूलो पार्टनरशीप पनि हो। यी दुई आउट भएपछि जेमिमा रोड्रिग्सले ५५, करप्तान हरमनप्रीत कौरले ६९ र रिचा घोषले ८६ रन बनाएर भारतलाई रेकर्ड स्कोरसम्म पुऱ्याइन्। रिचाले ९० बल खेलेर १६ वटा चौका लगाइन्।