फुलबारी: रक्सी पिएपछि छोरीलाई गाली गर्नु बाबुलाई महँगो पर्यो। बाबुले गाली गरेपछि छोरीले आत्महत्या गरिन्। पुतिमारी ग्राम पञ्चायत नम्बर फुलबारी–२ को रंगालीभिटामा यो घटनाले हलचल मच्चाएको छ। मृत्यु हुनेको नाम मल्लिका राय (१५) हो। उनी नवौं कक्षाको विद्यार्थी थिइन् ।पारिवारिक श्रोतका अनुसार रंगलीभिटा निवासी मदन राय अक्सर मादक पदार्थ सेवन गरी घरमा आउने गर्थे। त्यसैले नाबालककी आमा एक वर्षअघि घर छोडेर कतै गइन्। त्यसयता मल्लिका आफ्ना बुबा र हजुरबा हजुरआमासँग बस्दै आएकी थिइन्। मल्लिका राति छिमेकी मामाको घरमा सुत्ने गर्थिन्। रक्सी पिएपछि बाबुले छोरीलाई पटक पटक गाली गर्ने गरेको आरोप छ। आज बिहान पनि मादक पदार्थ सेवन गरेर आएर छोरीलाई गाली गरे। केही समयपछि घरबाट एक नाबालकको झुण्डिएको लाश फेला परेको थियो। सूचना पाएलगत्तै एनजेपी थानाको पुलिस घटनास्थलमा पुगेर लाश बरामद गरी पोस्टमार्टमका लागि उत्तर बङ्गाल मेडिकल कलेज र अस्पतालमा पठाइएको थियो। पुलिसले सम्पूर्ण घटनाको अनुसन्धान सुरु गरेको छ।