राति घरमा हात्तीको आक्रमण, जोगिए वृद्ध दम्पती

अलिपुरद्वार: अबेर राति एक घरमा हात्तीले आक्रमण गरेको छ। हात्तीको आक्रमणबाट घरबाट भागेर एक वृद्ध दम्पतीले ज्यान जोगाउन सफल भएका छन्। घटना दलसिङपाडाको बनिया लाइन क्षेत्रमा भएको हो। बनिया लाइन क्षेत्रमा शुक्रबार राति र शनिबार बिहान हात्तीको आक्रमण भएको बताइएको छ। गएराति करिब १ः३० बजे बनिया लाइन क्षेत्रका धेरै घरमा जङ्गली हात्तीले आक्रमण गरेको थियो। हात्तीले आक्रमण गरेको थाहा पाएलगत्तै एक वृद्ध दम्पती मानबहादुर लामा र उनकी श्रीमती घरबाट भागेका छन्। तर, हात्तीले उनको घरमा आक्रमण गरी पूरै क्षति पुर्यायो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement