रास्वपाको अनुशासन आयोगले मुकुललाई सोध्यो स्पष्टीकरण    

IMG-20240629-WA0060

झापा (नेपाल): राष्ट्रियस्वतन्त्र पार्टीको अनुशासन आयोगले महामन्त्री मुकुल ढकाललाई स्पष्टीकरण सोधेको छ। आयोगले ढकाललाई पार्टीको अनुशासन भंग गरेको भन्दै के कारणले यस्तो गरेको भनी शुक्रबार अपराह्न स्पष्टीकरण पत्र थमाएको हो। महामन्त्री ढकालले देश दौडाहा गरी तयार पारेको प्रतिवेदन सभापतिलाई बुझाउनु उचित भए पनि त्यसभित्रका बुँदाहरु मिडियामा सार्वजनिक गरेर ढकालले पार्टीको सामान्य मर्यादासमेत उल्लंघन गरेको पत्रमा उल्लेख गरिएको छ। रास्वपाकी सहप्रवक्ता प्रतिभा रावलले महामन्त्री ढकाललाई अनुशासन आयोगले शुक्रबार पत्र पठाएको जानकारी दिइन्। ढकालले भने आफूलाई लामिछाने  बाहेक अरुले स्पष्टीकरण सोध्न नपाउने भन्दै त्यो पत्र खोलेर नपढ्ने जिकिर गरेका छन्। निकटस्थसँग कुरा गर्दै ढकालले आफूलाई जोकोहीले  पठाएको पत्रको जवाफ नदिने अडान लिएका हुन्। ‘मैले त्यो पत्र पढ्दिनँ, आइतबार कुरा गर्छु,’ ढकाललाई उद्धृत गर्दै रास्वपा स्रोतले भन्यो। ३८ जिल्ला घुमेर ढकालले तयार पारेको ३२ पाने प्रतिवेदनका कारण रास्वपाभित्र खैलाबैला उत्पन्न भएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement