अलिपुरद्वार: अबेर राति एक कपडा पसलमा आगलागी भएको छ। अलिपुरद्वार जिल्लाको मदारीहाट बीरपारा ब्लकको बीरपाडा दीन बजारमा रहेको कपडा पसलमा आगलागी भएको छ। स्थानीयवासीले पहिले पानी हालेर आगो निभाउने प्रयास गरेका थिए। आगोको तीव्रता क्रमशः बढ्दै गएपछि दमकललाई खबर गरिएको थियो। एक दमकल घटनास्थल पुग्यो। दमकलको धेरै प्रयासपछि अन्तत: आगो नियन्त्रणमा आएको थियो।

उक्त पसलमा रहेका अधिकांश सामान जलेर खरानी भएको छ। घटनामा लाखौं रुपियाँको क्षति भएको सो पसलका मालिकले बताए।