झापा: सुनसरी धरान १७ बीच घोपा निवासी हाल काठमांडूमा खुकुरी व्यवसाय गरेर अस्थायी बसोबास गर्दै आएको पूर्ण बहादुर दर्नालको गत विहीबार राती मृत्यु भएको भतिज रोशन दर्नालले बताए। उनका अनुसार काठमांडू नार्गजुन ६ मा वा.प्र.०२७.०४९१ नम्बरको कार दुर्घटना हुदा दर्नालको घट्ना स्थलमै मृत्यु भएको वताइएको छ। उनी नार्गजुन ६ स्थित खरीबोटमा रहेको खुकुरी उद्योग तर्फ काम विशेषले जाने क्रममा कार दुर्घटना भई मृत्यु भएको जनाइएको छ। धरानका खुकुरी व्यवसायी दिपक दर्नाल र चन्द्र दर्नालको आफ्नै माइला दाजु हुन्। एक श्रीमती, तीन छोरी सहित १ छोरा उनको परिवारमा छ। कारण दुर्घटनाका कारण भने खुल्न सकेको छैन। मृतक दर्नालको हिजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ।