कालेबुङ: एनएच १० अन्तर्गत २८ माइलको लिखुभीरमा पैह्रो गएपछि राष्ट्रिय राजमार्ग १० आज बिहानदेखि बन्द भएको छ। एनएच १० बन्द भएपछि सिक्किम र कालेबुङतिरबाट आउने सबै गाड़ीहरू अर्को रोड भएर कुदाईरहेको जानकारी प्राप्त भएको छ। केही दिनदेखि लगातार परिरहेको पानीको कारणले आज बिहानै एनएच १० को लिखुभीरमा पैह्रो गएपछि सड़क वाधित बनेको छ।

सड़क वाधित बनेपछि सबै गाड़ीहरू वैकल्पिक मार्ग भएर सिलगढीतर्फ गईरहेको जानकारी प्राप्त भएको छ।