विम्बल्डनको पहिलो राउण्डमा नागलको भिड़न्त मियोमिर केसमानोविचसँग

IMG-20240629-WA0143

नयाँ दिल्ली: भारतका स्टार टेनिस खेलाड़ी सुमित नागललाई सालको तेस्रो ग्राण्ड स्ल्याम विम्बल्डनमा मुश्किल ड्र प्राप्त भएको छ। नागल यस प्रतिष्ठिक ग्राउण्ड स्ल्याममा पहिलोपल्ट पुरुष एकलको मुख्य ड्र-मा खेलिरहेका छन्। पहिलो राउण्डमा नागलको भिड़न्त सर्बियाका मियोमिर केसमानोविचसँग हुनेछ। विश्वका ७२औं नम्बरका खेलाड़ी नागलको बाटो कठिन हुनेछ कारण विश्वका नम्बर एक खेलाड़ी इटलीका यानिस सिनर पनि यसै ड्र-मा रहेका छन् अनि तेस्रो राउण्डमा यस दिग्गज खेलाड़ीसँग भिड़न्त हुनसक्छ। नागलको निम्ति पहिलो राउण्डको वाधा पार गर्नु पनि सजिलो हुनेछैन कारण सर्बियाई खेलाड़ी विश्व ऱ्याङकिंगमा ५२औं स्थानमा रहेका छन्। पहिलो राउण्डको वाधा पार गर्न सके दोस्रो राउण्डमा नागलको भिड़न्त स्पेनका पाब्लो कारेनो बस्टा र नीदरल्याण्डका टालोन ग्रीक्सपूरबीच खेलिने म्याचको विजेतासँग हुनेछ। पेरिस ओलम्पिकको निम्ति क्वालीफाई गरिसकेका नागल २०१८-मा पुरुष एकलको पहिलो राउण्डको क्वालीफायरमा पोल्याण्डका कामिल एमविरुद्ध पराजित भएका थिए। नागलले यस सालको शुरुवातमा अष्ट्रेलिन ओपनको मुख्य ड्र-मा स्थान बनाएर पहिलो राउण्डमा ३१औं वरीयता प्राप्त कजाखस्तानका एलेक्जेण्डर बुबलिकलाई पराजित गरेका थिए। उनले चेन्नई ओपन एटीपी च्यालेञ्जरको खिताब जितेर विश्व ऱ्याङकिंगमा शीर्ष १००-मा स्थान बनाएका थिए। विम्बल्डनको पुरुष युगलमा भारतका रोहन बोपन्ना र अष्ट्रेलियाका म्याथ्यू एबडेनको जोड़ीको सामना फ्रान्सका एड्रियन मानारिनो र जियोवान्नि एम पेरिकार्डको जोड़ीसँग हुनेछ। बोपन्ना र एबडेनको जोड़ी गत वर्ष विम्बल्डनको सेमिफाइनलमा पुगेको थियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement