न्यूयोर्क: कोपा अमेरिका फूटबल टुर्नामेण्ट २०२४-मा ब्राजीलले पहिलो जीत हासिल गऱ्यो। यसअघि कोस्टा रिका विरुद्ध गोलरहित ड्र-मा रोकिने ब्राजीलले शुक्रवार अबेर राति खेलिएको ग्रुप डी-को म्याचमा प्याराग्वेलाई ४-१-ले पराजित गऱ्यो। अमेरिकामा जारी यस प्रतिष्ठित टुर्नामेण्टअन्तर्गत अलेजाइण्ट स्टेडियममा ५५ प्रतिशत पोजेशनको साथ खेल्ने ब्राजीलबाट विनिसियस जूनियरले २ गोल गरे। रियल म्याड्रिडका यस स्टार फरवर्डले ३५औं र मध्यान्तर अघि इञ्ज्युरी टाइमको पाँचौं मिनटमा गोल गरे। यसबाहेक सेवियोले ४३औं र लुकास पाक्वेटाले ६५औं मिनटमा गोल गरे। यसरी प्याराग्वेबाट ओमार अल्देरेतेले ४८औं मिनटमा गोल गरे। प्याराग्वेका मीडफिल्डर आन्द्रेस क्युबासलाई ८१औं मिनटमा रेड कार्ड देखाइयो। यस ग्रुपको अन्य एउटा म्याचमा कोलम्बियाले कोस्टा रिकालाई ३-०-ले पराजित गऱ्यो। यूनिभर्सिटी अव् फिनिक्स स्टेडियममा ६४ प्रतिशत पोजेशनको साथ खेल्ने कोलम्बियाई टीमबाट लुईस डिआजले ३१औं, डेविन्सन साञ्चेजले ५९औं र जन कोरडोबाले ६२औं मिनटमा गोल गरे। ग्रुप डी-मा कोलम्बिया २ वटा म्याचमा ६ पोइण्ट्सको साथ शीर्षमा रहेको छ। यसरी दोस्रो स्थानमा रहने ब्राजीलसँग ४ पोइण्ट्स रहेको छ।
यसरी ग्रुप सी-मा उरुग्वेले बोलिभियालाई ५-०-ले पिट्यो। मेटलाइफ स्टेडियममा ६० प्रतिशत पोजेशनको साथ खेल्ने विजेता टीमबाट फाकुण्डो पेलिस्ट्रीले आठौं, डार्विन नुनेजले २१औं, मेक्सिमिलानो अराउजोले ७७औं, फेडेरिको फाल्भर्देले ८१औं र रोड्रिगो बेनटांकुरले ८९औं मिनटमा गोल गरे। यस ग्रुपको अन्य एउटा म्याचमा पनामाले आयोजक अमेरिकालाई २-१-ले पराजित गऱ्यो। मर्सिडीज-बेञ्ज स्टेडियममा ७४ प्रतिशत पोजेशनको साथ खेल्दै पनामाबाट सीजार ब्ल्याकम्यानले २६औं र जोसे फाहार्दोले ८३औं मिनटमा गोल गरे। यसरी अमेरिकाबाट फोलारिन बालोगनले २२औं मिनटमा गोल गरे। म्याचमा दुवै टीमका १-१ जना खेलाड़ीलाई रेड कार्ड देखाइयो। ग्रुप सी-मा उरुग्वे २ वटा म्याचमा ६ पोइण्ट्सको साथ शीर्ष स्थानमा रहेको छ। यसरी पनामाको बराबर ३ पोइण्ट्स भए पनि अमेरिका गोल अन्तरको आधारमा दोस्रो स्थानमा रहेको छ।