कालेबुङ: कालेबुङको कुमुदिनी होम्स प्री सुब्रतो मुखर्जी क्लस्टर लेवल कप फूटबल टुर्नामेण्टमा उत्तर बंगाल च्याम्पियन बन्यो। शुक्रवार खेलिएको फाइनल म्याचमा कालेबुङ जिल्लाको प्रतिनिधित्व गर्दै कुमुदिनी होम्सले सिलगढ़ीलाई ३-०-ले पराजित गऱ्यो।

विजेता टीमका आर्यन तामाङले बेस्ट मीडफिल्डर अव् द टुर्नामेण्ट र अनुज कच्छपले प्लेयर अव् द म्याचको पुरस्कार जिते।

कुमुदिनी होम्सको अण्डर-१५ टीमले अब कालेबुङ जिल्लाको प्रतिनिधित्व गर्दै स्टेट लेवल टुर्नामेण्टमा हिस्सा लिन २९ जूनमा कलकत्ता प्रस्थान गर्नेछ। स्टेट लेवल टुर्नामेण्ट १ जुलाईदेखि शुरु हुनेछ।