गान्तोक: सिक्किम पछौटे वर्ग आयोगले राज्यका पूर्व लोकसभा सांसद पहलमान सुब्बाको निधनमा गहिरो दु:ख प्रकट गरेको छ। आयोगले आज जारी गरेको प्रेस विज्ञप्तिमा स्वर्गीय सुब्बा सिक्किमको पहिलो निर्वाचित लोकसभा सांसद हुनुका साथै सिक्किम पछौटे वर्ग आयोगको पनि पहिलो अध्यक्ष रहेको जानकारी गराएको छ। उनी फरवरी २००२ देखि फरवरी २००५ सम्म आयोगको अध्यक्ष थिए।
आयोगले कार्यालयमा स्मरण सभा आयोजन गरेको बताएको छ, जहॉं आयोगका वरिष्ठ सदस्यहरूले स्वर्गीय सुब्बाको आयोगप्रति योगदान र कार्यहरूको बारेमा चर्चा गरे। आयोगकी अध्यक्ष पवित्र भण्डारी लगायत अधिकारीहरू र कर्मचारीहरूले स्वर्गीय सुब्बाको तस्वीरमा खादा अर्पण गर्दै दुई मिनट मौन धारण गरेको बताइएको छ।











