काेलकत्ता: लक्स श्याम काेलकत्ता टाइगर्स-को टीम बंगाल महिला प्रो टी२० लीग २०२४-मा च्याम्पियन बन्यो। प्रतियोगिताको रोमाञ्चक फाइनलमा लक्स श्याम काेलकत्ता टाइगर्सले मुर्शिदाबाद क्विन्स टीमलाई ५ रनले पराजित गऱ्यो। पूरा टुर्नामेण्टमा यस टीमकी खेलाड़ीहरूले आफ्नो प्रतिभा प्रदर्शन गर्दै ट्रफी जितिन्। मीता पलकी नेतृत्वमा रहने लक्स श्याम काेलकत्ता टाइगर्सकी खेलाड़ीहरूले ब्याटिंग, बलिंग र फील्डिंगमा उत्कृष्ट प्रदर्शन गरिन्।
इडेन गार्डन स्टेडियममा शुक्रवार भएको रोमाञ्चक फाइनलमा मुर्शिदाबाद क्विन्सलाई ५ रनले पराजित गरी लक्स श्याम काेलकत्ता टाइगर्सले बंगाल प्रो टी२० लीगको उद्घाटन संस्करणको खिताब जित्यो। कप्तान मिता पलले २४ रन बनाए पनि मुख्य ब्याटर इप्सिता मण्डलले ३२ बलमा ३७ रन बनाइन्। अन्तिम ओभरमा जीतको निम्ति १३ रन चाहिएको थियो अनि ममता किस्कुले पहिलो बलमै अद्रिजाको विकेट लिइन्। अघिल्लो दुई बलमा ५ रन आउँदा मुर्शिदाबादलाई जीत दिलाउने जिम्मेवारी प्रियंकामाथि थियो। किस्कुले पनि धैर्य कायम राख्दै अन्तिम बलमा प्रियंकाको बहुमूल्य विकेट लिँदा लक्स श्याम काेलकत्ता टाइगर्स ५ रनले विजयी भयो।
राज्यका प्रख्यात उद्योगपति लक्स कोजीका संस्थापक र क्रिकेट उत्साही साकेत तोदीले भने, “वुमन्स बंगाल प्रो टी२० लीग २०२४-को उद्घाटन संस्करणमा लक्स श्याम काेलकत्ता टाइगर्स च्याम्पियन हुँदा हामी अत्यन्तै खुशी र गर्वितगर्छौं। यो जित हाम्रो सम्पूर्ण टीमको समर्पण र मेहनतको परिणाम हो। हामी उनीहरूको उपलब्धिमाथि गर्व गर्छौं। यसै क्रममा स्टिल उद्योगका ख्यातिप्राप्त उद्योगपति तथा श्याम स्टीलका निदेशक तथा चर्चित समाजसेवी ललित बेरीवालाले भने, वुमन्स बंगाल प्रो टी२० लीग २०२४-मा लक्स श्याम कलकत्ता टाइगर्सको जीत टीम वर्कको शक्तिको ज्वलन्त उदाहरण हो। पूरा टुर्नामेण्टमा हरेक खेलाड़ीले महत्वपूर्ण योगदान दिइन्। हामी खेलाड़ीहरूका प्रतिबद्धता, दृढ़ता र एकार्का प्रति़ज अटल समर्थनको लागि धेरै आभारी छौं। यो जीत सम्पूर्ण टीमको हो र हामी उनीहरूको सफलता मनाउन उत्सुक छौं।
यसरी पुरुष वर्गको बंगाल टी२० लीगमा कप्तान अभिषेक पोरेलको कप्तानीमा खेल्दै लक्स श्याम काेलकत्ता टाइगर्सको टीम सेमिफाइनलमा पुग्न सफल भयो। पुरुष टीमले फाइनलमा स्थान बनाउन नसके पनि खेलाड़ीहरूले असाधारण प्रदर्शन गरे। यस प्रदर्शनले टीमका खेलाड़ीहरूलाई आउँदो सीजनमा अवश्यै फाइदा प्राप्त हुनेछ।