सबैभन्दा तेज दोहोरो शतकको साथमा इतिहास रचिन् शेफाली वर्माले

IMG-20240628-WA0226

चेन्नई: भारतकी आक्रामक ओपनिंग ब्याटर शेफाली वर्माले शुक्रवार यहाँ दक्षिण अफ्रिकाविरुद्ध एकमात्र टेस्ट म्याचको अवधि अष्ट्रेलियाकी एनाबेल सदरल्याण्डलाई पछि छोड़ेर महिला टेस्ट क्रिकेटको इतिहासमा सबैभन्दा तेज दोहोरो शतक बनाउने उपलब्धि हासिल गरिन्। बीस वर्षीय शेफालीले टेस्ट म्याचको पहिलो दिन केवल १९४ बलमा आफ्नो दोहोरो शतक पूरा गरिन्। सदरल्याण्डले यस सालको शुरुवातमा दक्षिण अफ्रिकाविरुद्ध नै २४८ बलमा दोहोरो शतक बनाएर रेकर्ड बनाएकी थिइन्, जसलाई शेफालीले तोड़िन्। यसकी नै शेफाली भारतकी पूर्व कप्तान मिताली राजपछि २२ सालको लामो अन्तरालमा टेस्ट म्याचमा दोहोरो शतक बनाउने दोस्रो भारतीय महिला क्रिकेटर पनि बनिन्। मितालीले अगस्त २००२-मा ईंग्ल्याण्डविरुद्ध टनटनमा ड्र रहेको टेस्ट म्याचमा ४०७ बल खेलेर २१४ रन बनाएकी थिइन्। शेफालीले आज टेस्ट म्याचको पहिलो दिन दोहोरो शतकीय इनिंग्समा २३ वटा चौका र ८ वटा छक्का लगाइन्। उनले डेलमी टकरकी बलिंगमा लगातार दुईवटा छक्कापछि १ रन लिएर दोहोरो शतक पूरा गरिन्। उनी १९७ बलमा २०५ रन बनाएर आउट भइन्। शेफाली बाहेक आज अन्य ओपनिंग ब्याटर स्मृति मन्धनाले पनि शतक बनाइन्। फर्ममा रहने यस खेलाड़ीले १६१ बलमा २७ वटा चौका र एउटा छक्काको साथ १४९ रन बनाइन्। शेफाली र मन्धनाले पहिलो विकेटको निम्ति ३१२ बलमा २९२ रनको रेकर्ड पार्टनरशीप गरी टीमलाई असाधारण शुरुवात दिलाइन्। यसैको फलस्वरूप भारतले म्याचको पहिलो दिन ४ विकेटमा ५२५ रनको विशाल स्कोर बनायो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement