प्रतिष्ठित सुकना गोल्ड कपको १६औं संस्करण भव्य रूपमा आयोजन गरिने

IMG-20220813-WA0102.jpg

१३ अगस्तः सुकना गेम्स एण्ड स्पोर्ट्स एसोसिएशनको कार्यकारिणी समितिको सभा शनिवार संस्थाकै भवनमा अध्यक्ष अशोक प्रधानको अध्यक्षतामा सम्पन्न भयो। सभामा संस्थाका महासचिव सुरेन प्रधानले सबैलाई स्वागत जनाउँदै सभाको विषयबस्तु बारे जानकारी दिँदै सुकना गोल्ड कपको १६औं संस्करणको सञ्चालनबारे विचार-विमर्शको शुरुवात गरे। लामो चर्चा-परिचर्चापछि सुकना गोल्ड कप भव्यताको साथ जनवरी २०२३ बाट शुरु गरिने सभामा तय गरियो । सुकना गोल्ड कपको आउँदो संस्करणमा स्थानीय शीर्ष टीमहरूका साथमा बाहिरका पनि नामी दामी टीमहरू अनि अन्य थप आकर्षण पनि सम्मीलित गरिने आजको सभाले निर्णय लियो। क्षेत्रका सभासद परेस तिर्की र खेलकुद विभाग सभासद नव राज छेत्रीलाई भेट गरि आगामी २१ अगस्तको दिन जीटीए-का मुख्य कार्यपाल अनित थापासँग भेट गर्ने पनि तय गरियो। त्यस भेटघाटमा जाने संस्थाको टीमबारे पनि आजको सभामा तय गरियो भनी सुकना गेम्स एण्ड स्पोर्ट्स एसोसिएशनका महासचिव सुरेन प्रधानद्वारा जारी प्रेस विज्ञप्तिमा जनाइएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement