कालेबुङको बोङ बस्तीस्थित गणेश हाई स्कूलमा इन्टरनेटमार्फत शिक्षा प्रदान गर्न स्मार्ट क्लासको उद्घाटन

IMG-20240628-WA0219

कालेबुङ: कालेबुङको बोङ बस्तीस्थित गणेश हाई स्कूलमा स्मार्ट क्लासको आज शुक्रबार उद्घाटन गरिएको छ। राज्य सरकारको शिक्षा विभागको पहलमा शिक्षालाई आधुनिक दिशामा अघि बढाउन साथै विद्यार्थीहरूको पढाईमा रूचि बढाउन उक्त स्मार्ट क्लास स्कूलमा आरम्भ गरिएको बताइएको छ। स्कूलको म्यानेजिङ कमिटिका उपाध्यक्ष सन्तोष दाहालको बाहुलीबाट रिबन काटेर श्रेणी कोठाको उद्घाटन गरिएको छ।

उक्त उद्घाटन कार्यक्रममा स्कूलका प्रधान अध्यापक हेमकान्त भण्डारी लगायत सरस्वती निम्न बुनियादी स्कूल, बोङ निम्न बुनियादी स्कूल, ब्राइट लाइफ एकाडेमी आदिका शिक्षक शिक्षिकाहरूको उपस्थिति रहेको थियो। उक्त स्कूलमा स्मार्ट क्लासको उदघाटन गरेपछि पत्रकारहरूसित कुराकानी गर्दै कालेबुङको बोङ बस्तीस्थित गणेश हाई स्कूलको प्रधान अध्यापक हेमकान्त भण्डारीले यो पश्चिम बंगाल सरकारको शिक्षा विभाग अन्तर्गत पर्ने सुपर कम्प्युटर स्मार्ट क्लास आजदेखि यस विद्यालयमा उदघाटन गरिएको बताएका छन्। उनले कालेबुङको बोङ बस्तीमा रहेको गणेश हाई स्कूलमा अब सोमबारदेखि इन्टरनेटमार्फत् नयाँ तरिकाले शिक्षा प्रदान गर्न शुरु गरिने र यसको लागि पश्चिम बंगाल सरकार र केन्द्र सरकारलाई धन्यवाद दिएका छन्।

प्रधान अध्यापक हेमकान्त भण्डारीले यो स्मार्ट क्लास छैटौं श्रेणीदेखि माथिका श्रेणीहरूलाई पढ़ाईने पनि बताएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement