खरसाङ: आज खरसाङमा कप्तान रामसिंह ठकुरीको सुपुत्र रमेश ठकुरी र हिन्दीका वरिष्ठ साहित्यकार राजेन्द्र राजनको उपस्थितिमा कप्तान रामसिंह ठकुरीलाई श्रध्दाञ्जली अर्पण गरिएको छ। गोर्खा जनपुस्ताकालय र गोर्खा सांस्कृतिक संस्थान खरसाङको संयुक्त आयोजनमा सम्पन्न अभिनन्दन समारोहको पूर्वार्ध्दको कार्यक्रम अनुसार खरसाङको नयाँ बजारस्थित कप्तान रामसिंह ठकुरीको सालिगमा श्रध्दाञ्जली अर्पण गरिएको छ।

कप्तान रामसिंह ठकुरीको सुपुत्र रमेश ठकुरी र हिन्दीका वरिष्ठ साहित्यकार राजेन्द्र राजनले सालिगमा श्रध्दाञ्जली अर्पण गरेका थिए। दुवैसित खरसाङ नगरपालिकाको चेयरम्यान ब्रिगेन गुरुङ लगायत विभिन्न क्षेत्रबाट आएका वरिष्ठ व्यक्तिहरूले कप्तान रामसिंह ठकुरीलाई श्रध्दाञ्जली अर्पण गरेका थिए।

यस क्रममा दुवै अतिथिहरू क्रमैले कप्तान रामसिंह ठकुरीको सुपुत्र रमेश ठकुरी र हिन्दीका वरिष्ठ साहित्यकार राजेन्द्र राजनलाई भूतपूर्व सैनिक संगठनको पक्षबाट सलामी दिइएको थियो। अभिनन्दन समारोहको उत्तरार्ध्दको कार्यक्रम खरसाङको नयाँ बजारस्थित सार्वजनिक भवनमा भईरहेको छ।