खरसाङ नगरपालिकाद्वारा बाह्रजनालाई जमीनको कागज पत्र प्रदान

IMG-20240628-WA0209

खरसाङ: खरसाङ नगरपालिकाले आज आफ्नो कार्यालयमा एक सभाको आयोजना गरेर नगरपालिकाका बाह्रजना सफाई कर्मचारीहरू जसको हाउजिङ फर अर्बन डेभलपमेन्ट करपोरेशन (हटाको) द्वारा फण्डिङमा नगरपालिकाको एक नम्बर वार्डमा अवस्थित हाउजिङका बाह्रजनालाई मालिकना हकसहितको कागजपत्र प्रदान गरियो। यसबारे जानकारी गराउँदै नगरपालिका अध्यक्ष ब्रिगेन गुरूङले बाइस वर्ष अघि खरसाङ नगरपालिकाको वार्ड नम्बर एकमा हटाको फण्डिङमा निर्माण गरिएका नगरपालिकालाई सफाई कर्मचारीहरूका बाह्रवटा घरलाई नगरपालिकाको वर्तमान बोर्ड अफ् एडमिनिस्ट्रेशनले मालिकना हक दिन सकेको जनाए। उनले विशेष गरी आज वार्ड नम्बर एकका राजु राउत, मोहन हाडी, पुचु राउत, गणेश बहादुर प्रधान, शिव कुमार राउत, राम तामाङ, लालचन राउत, बिमल मोक्तान, गीता राउत, बिर्खबहादुर विश्वकर्म, शोभा राउत, बिमला राउतलाई जमीनको कागज पत्र दिइएको जनाएका छन्। अब उनीहरूले यस कागज पत्रको माध्यमबाट सरकारद्वारा प्राप्त गर्ने सबै सरकारी सहुलियत र सुविधाहरू प्राप्त गर्न सक्ने जनाउँदै यसलाई नगरपालिकाको ठूलो उपलब्धि रहेको बताए।

नगरपालिका अध्यक्ष गुरूङले इस्टलमेण्ट पूरा नहुनेहरूको पनि चाँडै आवश्यक प्रक्रिया पूरा गरेर उनीहरूलाई पनि कागज पत्र प्रदान गरिने जनाएका छन्। आज सम्पन्न सभालाई नगरपालिकाका कर्मचारीहरू लगायत अन्यहरूले पनि सम्बोधन गरेका थिए भनी नगरपालिका उपाध्यक्ष सुवास प्रधानले जानकारी दिएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement