कोचबिहारमा खुन्टी पूजासँगै ७५ औं दुर्गा उत्सवको लागि पण्डल निर्माण शुरु

IMG-20240628-WA0185

कोचबिहार: पश्चिम बंगालमा केही दिनमा दुर्गा उत्सव आयोजना गरिने छ। विभिन्न क्लब तथा संघसंस्थाले दुर्गा उत्सवका लागि खुन्टी पूजाको तयारी शुरु गरेका छन्। कोचबिहारका विभिन्न क्लबहरूले आफ्नो क्लबको दुर्गा पूजाको लागि खुन्टी पूजा गरेर तयारी शुरु गरिसकेका छन्। कूचबिहार टकागच क्लबको दुर्गो पूजा जिल्लाको ठूलो बजेट पूजाहरू मध्ये एक हो। यस क्लबको अनौठो थिमका लागि हरेक वर्ष मानिसहरु यस क्लबको पूजा पण्डलमा आउने गर्दछन्।

यसै वर्षको जुनमा नै क्लबको ७५औँ दुर्गा उत्सव खुन्ती पूजाबाट शुरु भएको थियो। यो ७५औँ वर्षमा पर्यटकका लागि आकर्षणको विषयलाई थाइल्यान्डका बौद्ध मन्दिरहरूको नमुना बनाइनेछ। यससँगै चन्दननगरको चम्किलो बत्ती पनि छ। क्लब परिसरमा कूल ४५ लाखको लागतमा यो थिम निर्माण हुनेछ। यस बाहेक ७५औँ दुर्गा उत्सव वर्षको अवसरमा वर्षैभरि विभिन्न सामाजिक कार्यक्रमको आयोजना गरिएको क्लबका सचिव नीरेन्द्रनाथ रोयले जानकारी दिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement