जलपाईगढीमा हकर्सहरूद्वारा विरोध प्रदर्शन, महकुमा अधिकारीलाई बुझायो ज्ञापनपत्र

IMG-20240628-WA0183

जलपाईगढी: जलपाईगढी जिल्ला सडक विक्रेता र हकर्स युनियनले शुक्रबार जलपाईगढी शहरमा विभिन्न मागहरू लिएर मार्च निकाल्योl यसपछि सदर महकुमा शासकको कार्यालयमा ज्ञापनपत्र बुझायो। आज प्रदर्शनकारीहरु महकुमा शासकको कार्यालयमा प्रवेश गर्न लागेपछि पुलिसले उनीहरुलाई रोकेको थियो। त्यसपछि युनियनका कार्यकर्ताहरुले गेटअगाडि बसेर विरोध प्रदर्शन गर्न थाले। अन्तमा संघको तर्फबाट महकुमा शासकलाई ज्ञापनपत्र बुझाए। २०२४ को शारद उत्सवको पूर्वसन्ध्यामा हकर्सलाई बक्यौता रुपियाँ दुई हजार दिनुपर्ने, नगरपालिका र ब्यांकको जटिलता हटाएर सबै हकर्सलाई सहज ऋण दिने व्यवस्था मिलाउनुपर्ने, परिचयपत्रको व्यवस्था गरिनुपर्ने युनियनले माग गरेको  छ। भूमि कानून २०१४ र राज्य सरकार ऐन २०१८ अनुसार, जलपाईगढी जिल्ला सडक बिक्रेता र हकर्स युनियनका महासचिव निलांजन न्योगीले भने, ‘हामीले तीनवटा मागहरू राखेका छौं। हामी पुलिस दमन स्वीकार गर्दैनौं। अझै, यदि अत्याचार भयो भने, हाम्रो लडाइ जारी रहनेछ।‘

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement