सिलगढी: पुलिसलाई फेरि एक ठूलो सफलता हात लागेको छ। गोप्य स्रोतबाट प्राप्त जानकारीको आधारमा शुक्रबार, विधाननगर थानाको पुलिसले सिलगढी विभागीय परिषदअन्तर्गत फाँसीदेवा ब्लकको पश्चिम मदती टोलगेटको छेउमा छापा मार्यो । छापा मार्ने क्रममा १४ चक्के सवारीसाधन नियन्त्रणमा लिएर खोजी गरियो। खोजीका क्रममा लरीबाट भैंसी बरामद गरियो भने चालकलाई वैध कागजात देखाउन भनियो। त्यसपछि पुलिस ट्रक चालक र सहचालकलाई नियन्त्रणमा लिएर पुलिस चौकी लग्यो। पक्राउ पर्नेहरुको नाम अश्फाक अली (२२) र इद्रिस आलमगीर (२१) रहेको छ। अश्फाक उत्तर दिनाजपुरका र इद्रिस कोचबिहार जिल्लाका हुन्।

विधाननगर पुलिस चौकीका पुलिस स्रोतका अनुसार १४ चक्के ट्रकट ३५ वटा भैँसी बरामद भएको छ। उद्धार गरिएका भैँसीहरू बंगलादेश तस्करीका लागि उत्तरी दिनाजपुर जिल्लाको दलखोला हुँदै असमतर्फ लगिएको थियो। यद्यपी यस घटनामा अरु को को संलग्न छन् भन्ने विषयमा पुलिसले अनुसन्धान गरिरहेको छ। पक्राउ परेका दुवैलाई शुक्रबार सिलगढी महकुमा अदालतमा पेश गरियो। विधाननगर पुलिस चौकीले घटनाको सम्पूर्ण अनुसन्धान थालेको छ।









