नयाँ दिल्ली: शुक्रबारदेखि लोकसभाको कार्यवाही शुरु भएको छ। सबैभन्दा पहिले अध्यक्षले दिवंगत पूर्वसदस्य र अन्य महानुभावहरूप्रति श्रद्धाञ्जली अर्पण गरेपछि सदनको कामकाज शुरु भएको थियोl विपक्षी नेता राहुल गान्धीले माइक शुरु गर्ने माग गरे। यसबारे लोकसभा अध्यक्षले आफूसँग माइकको बटन नभएको बताए। एनईईटी युजी परीक्षामाथि छलफलको मागलाई लिएर विपक्षी दलले गरेको हंगामाका कारण सदनको बैठक दिउँसो १२ बजेसम्मका लागि स्थगित भएको छ। लोकसभा अध्यक्षले यसो भनेपछि राहुल गान्धीले भने, ‘सर, कृपया मलाई माइक दिनुहोस्।‘ यसपछि उनले एनईईटी युजी परीक्षामा धाँधलीको मुद्दा उठाए। यसअघि अध्यक्षले राष्ट्रपतिको सम्बोधनपछि स्थगन प्रस्ताव नआउने बताए। उनले भने, ‘मैले यो व्यवस्था दिएको छु र बुलेटिनमा पनि समावेश गरेको छु।‘ यसबारे विपक्षी नेता राहुल गान्धीले भने, ‘हामी देशका विद्यार्थीहरूलाई विपक्षी र सरकारबाट संयुक्त सन्देश दिन चाहन्छौं कि हामी उनीहरूको मुद्दाको सम्मान गर्छौंl आज दिनभर उनीहरूको मुद्दामा छलफल गर्नेछौं।‘ लोकसभा अध्यक्षले एनईईटीमा छुट्टै चर्चा गर्न अनुमति दिएनन्। उनले धन्यवाद प्रस्तावमाथिको चर्चामा यो विषय उठाउनुपर्ने बताए।