नासा र एलन मस्कको कम्पनी स्पेसएक्सबीच ८४३ मिलियन डलरको सम्झौता

Elon-Musk-

अमेरिकी अन्तरिक्ष एजेन्सी नासा र एलन मस्कको कम्पनी स्पेसएक्सबीच ८४३ मिलियन डलरको सम्झौता भएको छ। यस सम्झौताअनुसार, स्पेसएक्सले अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशन (आईएसएस) लाई सन् २०३० मा जीवन पूरा भएपछि पृथ्वीमा फर्काउन महत्वपूर्ण भूमिका खेल्नेछ। सम्झौताअन्तर्गत स्पेसएक्सले लगभग ४३० टनको आइएसएसलाई पृथ्वीमा फिर्ता ल्याउन डिअर्बिट भेहिकल नामक अन्तरिक्ष यान निर्माण गर्नेछ। आईएसएसको जीवन सन् २०३० मा पूरा हुनेछ। यसलाई बनाउनका लागि सन् १९८० को दशकमा यसका पार्टपुर्जाहरू एक-एक गरी अन्तरिक्षमा पठाइएको थियो। नासाले आफ्नो कार्यकाल पूरा गरेपछि आईएसएस अन्तरिक्षमा तैरने र अन्तरिक्ष भग्नावशेषको हिस्सा बन्ने र पृथ्वीमा फर्किन सक्ने बताएको छ। यसको पतन नियन्त्रण भएन भने यसले जनसंख्यालाई जोखिममा पार्नसक्छ।

१९९८ देखि, पाँच अन्तरिक्ष एजेन्सीहरू – अमेरिकी अन्तरिक्ष एजेन्सी नासा, क्यानाडाको अन्तरिक्ष एजेन्सी सईएसए, युरोपेली अन्तरिक्ष एजेन्सी इएसए, जापानी अन्तरिक्ष एजेन्सी जाक्सा र रूसी अन्तरिक्ष एजेन्सी रोसकोस्मोसले अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशनको रेखदेख गर्दै आएका छन्। नासाले आईएसएसलाई सुरक्षित रूपमा हटाउने र फिर्ता ल्याउने सबै पाँच एजेन्सीको जिम्मेवारी रहेको बताएको छ। यो स्टेशन पृथ्वीबाट ४०० किलोमिटर माथि अन्तरिक्षमा अवस्थित छ र प्रत्येक ९० मिनेटमा पृथ्वीको वरिपरि एक परिक्रमा गर्छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement