झापा गाउँपालिकाका दुई विद्यालयको एसईई नतिजा शून्य

IMG-20240628-WA0020

झापा: २०२४ को एसईईमा झापाको झापा गाउँपालिकाका दुई सामुदायिक विद्यालयको परीक्षाफल शून्य आएको छ। महेन्द्र मावि र जनकल्याण माविको नतिजा शून्य आएको हो। जनकल्याण माविबाट ४० जना र महेन्द्र माविबाट ३४ जना परीक्षर्थी एसईईमा सहभागी थिए। झापा गाउँपालिकामा सामुदायिक र संस्थागत गरी १२ विद्यालयका विद्यार्थीहरुले एसईई परीक्षा दिएका थिए। झापा गाउँपालिकाम कुल ५०२ जना विद्यार्थीहरुले परीक्षा दिएकोमा ८९ जना मात्र उत्तीर्ण भएका छन्।

सामुदायिक विद्यालयतर्फ डिल्लीराज माविका १२२ जनामध्ये २ जना, जनता माविका १०५ मध्ये ३ जना, कुवाडीदेवी माविका ५६ मध्ये १ जना उत्तीर्ण भएका छन्। त्यस्तै, संस्थागत विद्यालयतर्फ चन्द्रज्योति माविका ३३ मध्ये ३० जना, जय पाथिभरा माविका ३६ जना मध्ये ३० जना, साउथ होराइजन माविका १६ जना मध्ये ९ जना, गौतम बुद्ध माविका सबै ६ जना, टाइनी टट्स माविका १५ जना मध्ये ४ जना, वन्डर लाइफ माविका ८ जनामा ४ जना, र सेन्ट जेभियर्स माविका ३१ जनामध्ये १५ जना उत्तीर्ण भएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement