घैयाबारी ग्राम पञ्चायत तीनको पहलमा रोहिणीको टोल प्लाजा क्षेत्रमा सर सफाई अभियान

IMG-20240628-WA0169

खरसाङ: खरसाङ खण्ड अन्तर्गत घैयाबारी ग्राम पञ्चायत तीनको पहलमा रोहिणी टोल प्लाजा परिसरमा व्यापक रूपमा सर सफाई कार्य सम्पन्न गरिएको छ। घैयाबारी ग्राम पञ्चायत तीनको पहलमा रोहिणीको टोल प्लाजा क्षेत्रमा मैला कुँचेला फ्याँक्न मनाही गरे पनि यहाँ मैलाहरू फ्याँक्ने गरिएकोले पञ्चायतबाट यहाँ तीनपल्टसम्म मैला फ्याँक्दै गरेको गाड़ीलाई पक्राउ गरेर जरिमाना तिराएका थिए। तर पनि मैला फ्याँक्दै आएकोले यहाँ घैयाबारी ग्राम पञ्चायत तीनको प्रधान सुष्मा वाईबा, उप प्रधान केवल राई लगायत पञ्चायत सदस्यहरू अनिल तामाङ, उमेश थापा, अरूणा लामा योञ्जन लगायत अन्यहरू साथै भीबीडीका सुपर भाइजर धिरेन प्रधान लगायत सदस्याहरू मिलेर सर सफाई गरेका छन्। रोहिणीको टोल प्लाजा क्षेत्रमा सर सफाई गरेर यहाँ मैला फ्याँक्न निषेध गर्दै बोर्ड पनि लगाइएको छ। यस क्षेत्रमा अब कसैले मैला फ्याँक्दै गरेको कसैले देखेको खण्डमा झट्टै पञ्चायतमा सूचित गरिदिने र पक्राउ गरेर जरिमाना तिराउने भएको छ। उक्त सर सफाई कार्य विषयमा पत्रकारहरूसित कुराकानी गर्दै घैयाबारी ग्राम पञ्चायत तीनको पञ्चायत प्रधान सुष्मा वाईबाले घैयाबारी ग्राम पञ्चायत तीन अन्तर्गत विभिन्न स्थानहरूमा सर सफाई अभियान चलिरहेको छ र यसै क्रममा रोहिणीको टोल प्लाजा क्षेत्रमा सर सफाई गरिएको जानकारी गराइन्। उनले यहाँ हामीले धेरैपल्ट सर सफाई गरेर मैला फ्याँक्न निषेध गरे पनि लगातार रूपमा मैला फ्याँक्ने कार्य भईरहेको छ र हामीले यहाँ मैला फ्याँक्दै गरेकोलाई तीनपल्टसम्म पक्राउ गरेर जरिमाना तिराएको पनि जानकारी गराइन्।

उनले यस क्षेत्रमा पञ्चायतको तर्फबाट व्यापक सर सफाई गरेर मैला फ्याँक्नलाई निषेध गर्दै बोर्ड पनि लगाइएको जानकारी गराउँदै अब पनि कसैले यहाँ कसैले पनि मैला फ्याँक्दै गरेको पाइएमा साथै मैला फ्याँकेको कसैले देखेको खण्डमा झट्टै पञ्चायतमा सूचित गरिदिने र हामी पक्राउ गरेर कानुनी कार्वाही गर्ने बताएकी छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement