सोरेंगमा इण्डिपेण्डेन्स डे फूटबलः दुईवटा सेमिफाइनल आज

IMG-20220813-WA0087.jpg

१३ अगस्तः सिंगलिंग स्पोर्टिंग क्लब, सोरेंग र सोरेंग जिल्ला प्रशासनको तत्त्वावधानमा आयोजित पहिलो इण्डिपेण्डेन्स डे फूटबल टुर्नामेण्टमा शनिवार दुईवटा सेमिफाइनल म्याच खेलिनेछ। यस नाइन ए साइड टुर्नामेण्टअन्तर्गत आज स्थानीय सोरेंग खेल मैदानमा खेलिने पहिलो म्याचमा आक्रमण एफसी (सिक्किम) र जर्जियन एफसी (कालेबुङ)-बीच भिड़न्त हुनेछ। यसरी नै दोस्रो सेमिफाइनल मानेभञ्ज्यांग एफसी (दार्जीलिङ) र मिक्स अप बोइज (खरसाङ)-बीच खेलिनेछ। आज मुख्य अतिथिको रूपमा राज्यका मुख्यमन्त्री पीएस गोले उपस्थित रहनेछन्। फाइनल १५ अगस्तमा हुनेछ। टुर्नामेण्टमा विजेता हुने टीमलाई ट्रफीको साथमा ५ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी नै उपविजेता हुने टीमलाई ट्रफीको साथमा ३ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *