पूर्व नगर पार्षद पाल्देन दोर्जे भोटियाको निधनमा खरसाङ नगरपालिकाद्वारा शोक सभाको आयोजना

IMG-20240628-WA0162

खरसाङ: खरसाङ नगरपालिकाको भूतपूर्व नगर पार्षद पाल्देन दोर्जे भोटियाको निधनमा आज खरसाङ नगरपालिकामा शोक सभा सम्पन्न गरिएको छ। खरसाङ नगरपालिकाको वार्ड नम्बर १९ का पूर्व वार्ड पार्षद पाल्देन दोर्जे भोटियाको निधनमा शोक प्रकट गर्दै खरसाङ नगरपालिकाको चेयरम्यान ब्रिगेन गुरुङको अध्यक्षतामा उक्त शोक सभा सम्पन्न भएको छ। पूर्व नगर पार्षद पाल्देन दोर्जे भोटियाको निधनमा श्रध्दाञ्जली अर्पण गर्दै चिर आत्माले शान्ति पाऊन् भनी मौन धारण गरिएको छ भने शोकित परिवारप्रति गहिरो शोक समवेदना प्रकट गर्दै यो दु:खको घड़ीमा परिवारलाई ईश्वरले सहने शक्ति प्रदान गरुन् भनी प्रार्थना गरिएको छ। उक्त शोक सभामा पूर्व नगर पार्षद पाल्देन दोर्जे भोटियाको जीवनी र नगरपालिका क्षेत्रमा उनले दिएको योगदान विषयमा चर्चा परिचर्चा गर्दै चेयरम्यान ब्रिगेन गुरुङ, भाइस चेयरम्यान सुवास प्रधान, पूर्व नगर पार्षदिका मिङमा भोटिया र नगरपालिका कर्मचारी प्रितम छेत्री आदिले वक्तव्य राखेका थिए। वक्ताहरूले पूर्व नगर पार्षद पाल्देन दोर्जे भोटियाको निधनमा श्रध्दाञ्जली अर्पण गर्दै शोकित परिवारमा गहिरो शोक समवेदना प्रकट गरेका छन् भने सबैलाई उनको वासस्थानमा पुगेर श्रध्दाञ्जली अर्पण गरिदिने अनुरोध गरेका छन्। वक्ताहरूले पाल्देन दोर्जे भोटिया खरसाङ नगरपालिकामा नगर पार्षद हुँदाको सम्झना गर्दै उनले गरेका कार्यहरू र जीवनी सम्बन्धी कुराहरू साझा गरेका थिए।
उक्त शोक सभामा खरसाङ नगरपालिकाको चेयरम्यान, भाइस चेयरम्यान, पूर्व नगर पार्षद पार्षदिकाहरू र कर्मचारीहरू उपस्थित रहेका थिए। शोक सभापछि पत्रकारहरूसित कुराकानी गर्दै खरसाङ नगरपालिकाको भाइस चेयरम्यान सुवास प्रधानले आज खरसाङ नगरपालिकाद्वारा पूर्व नगर पार्षद पाल्देन दोर्जे भोटियाको निधनमा श्रध्दाञ्जली अर्पण गर्दै शोक सभा आयोजना गरेको जानकारी गराउँदै उनको आत्माले शान्ति पाऊन् भनी प्रार्थना गरिएको बताएका छन्। उनले पूर्व नगर पार्षदले गरेको कार्यहरूको सम्झना गर्दै आत्मा शान्तिको लागि प्रार्थना गरिएको पनि बताएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement