महामारीको समयमा तिब्बतले उपलब्ध गराएको स्वास्थ्य सामग्री काठमाडौंका जनताको उपचारमा प्रयोग हुने

IMG-20240628-WA0086

झापा: काठमाडौंमहानगरपालिकाका उपप्रमुख सुनीता डङ्गोलले विश्वव्यापी महामारीका समयमा चीनको स्वायत्त प्रदेश तिब्बतको सदरमुकाम ल्हासा नगरले उपलब्ध गराएको स्वास्थ्य सामग्री तथा उपकरण जनसाधारणको स्वास्थ्योपचारमा उपयोग भएको बताइन्। ल्हासा नगरको अन्तर्राष्ट्रिय मामिलाका निर्देशक चाछिन्कुनको नेतृत्वमा काठमांडू आएको प्रतिनिधि मण्डलसँग भेट गर्दै उपप्रमुख डङ्गोलले यस विषयमा जानकारी गराएकी हुन्। ‘काठमाडौं ल्हासाको अनौपचारिक सम्बन्ध काठमांडूमा मानव बसोबास शुरु भए देखिको हो। यहाँका आदिवासी नेवार समुदायले ल्हासाबाट सुनसहित अन्य सामान ल्याएर व्यापार गर्थे।‘’ उनले भनिन्, ‘कोभिड १९ को महामारीले आफैँ सङ्कटमा परेका बेला हाम्रो सङ्कट व्यवस्थापन गर्न प्राप्त सहयोगले जनताको स्वास्थ्योपचारमा काम गर्न पाइयो। यसरी दुई नगरबिचको सम्बन्धको लाभ महानगरवासी स्तरमा पुगेको छ।’’

त्यस क्रममा प्रमुख प्रशासकीय अधिकृत प्रदीप परियारले भाषा फरक भए पनि भाव एउटै भएको उल्लेख गरे। ‘नेपालीमा प्रचलित उखान छ, ल्हासामा सुन छ कान मेरो बुच्चै। यसले ल्हासाको समृद्धि दर्शाउँछ। हामीले यो उखान जत्तिकै समृद्ध भएको महसुस गरेका छौँ।’ उनको भनाइ थियो। ल्हासा र काठमांडूको सम्बन्ध, इतिहास कालदेखिकै हो। भेटका क्रममा ल्हासा नगरका अन्तर्राष्ट्रिय मामिला प्रमुखले भने , ‘अनौपचारिक सम्बन्ध भएको समयभन्दा औपचारिक सम्बन्ध भएको समयलाई थप आत्मीय र गाढा बनाउन चाहन्छौँ।’ भेटका क्रममा उनले, दुई नगरबिच अटुट सांस्कृतिक तथा सामाजिक सम्बन्ध रहेको उल्लेख गरे।

प्रशासन विभागका प्रमुख दीपक अधिकारीका अनुसार काठमाडौं र ल्हासा नगरका बिचमा सन् २०११ सेप्टेम्बर महिनामा भगिनी सम्बन्ध स्थापना भएको हो। भगिनी सम्बन्ध स्थापना भएपछि ल्हासा नगरले काठमांडूको सरसफाइ, सुन्दरता, जनस्वास्थ्य प्रणालीलगायत विभिन्न क्षेत्रमा सहयोग गरेको छ। यस्तै १० पटक काठमाडौंको भ्रमण भएको छ। काठमाडौं महानगरपालिकाबाट पनि समय समयमा प्रतिनिधि मण्डलले ल्हासाको सहरी विकास तथा व्यवस्थापनको अवलोकन भ्रमण गरेका छन्। यस पटकको भ्रमण प्रतिनिधि मण्डलले ल्हासाले उपलब्ध गराएका स्वास्थ्य उपकरण प्रयोग भएका अस्पतालमा अवलोकन गरेको छ। यस क्रममा सामान तथा उपकरणको उपयोग र यसबाट जनसाधारणमा परेको लाभका विषयमा जानकारी लिएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement