झापा: झापाको शिव सताक्षीमा खेतमा जमेको पानीमा डुबेर एकजना कृषकको मृत्यु भएको छ। पुलिसका अनुसार पानीमा डुबेर शिवसताक्षी-२ बस्ने २८ वर्षीय बुधे बेस्राको मृत्यु भएको हो। मादक पदार्थ सेवन गर्ने गरेका बेस्रा छारे रोगका बिरामीसमेत रहेको बुझिएको छ। घरको पूर्वपट्टि खेतमा जमेको पानीमा डुबेर उनको मृत्यु भएको इलाका पुलिस कार्यालय झिलझिलेका पुलिस निरीक्षक अनिश बुढाथोकीले जानकारी दिए। घरबाट निस्केका बेस्रालाई बिहान पानीमा डुबेर मृत अवस्थामा देखेपछि उनकी आमाले स्थानीयलाई खबर गरेकी थिइन्।