झापा: चीनले मुटुमा गम्भीर समस्या देखिएका १७ जना नेपाली विद्यार्थीको नि:शुल्क उपचार गरिदिने भएको छ। नेपालका लागि चिनियाँ राजदूत छन सोङले सामाजिक सञ्जालमा दिएको जानकारी अनुसार यहाँ परीक्षण गरिएका चार हजार ६८२ जना विद्यार्थीको मुटुमध्ये १७ जनामा गम्भीर समस्या भेटिएको र उनीहरुको नि:शुल्क उपचार गराउने जानकारी दिए। उनले लेखेका छन नि:शुल्क उपचार भएपछि उनीहरुले नयाँ जीवन प्राप्त गर्नेछन्।युन्नान प्रान्तको फुवाई युन्नान अस्पताल र चिनियाँ चिकित्सा विज्ञान प्रतिष्ठानबाट आएको वरिष्ठ मुटुरोग विशेषज्ञहरुको टोलीले गरेको परीक्षणमा ती विद्यार्थीको मुटुमा समस्या देखिएको बताइएको छ।राजदूतले लेखेका छन , ‘मुटुरोगसँग सबन्धित परीक्षण र उपचारमा पनि दुई देशबीच थप सहयोग आदान प्रदान गर्न सकिनेमा सहमत छौं।’