झापा: सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिका-७ की २६ वर्षीया रत्नमाया भुजेललाई नवजात शिशुको हत्या आरोपमा पुलिसले पक्राउ गरेको छ। आफ्नै घर छेउमा रहेको सल्लाघारी जंगलमा ७ महिनाको नवजात शिशुलाई जन्माई सालनालसहित खाल्डोमा पुरेको भन्ने खबर प्राप्त भएसगै जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुबाट खटिएको पुलिस टोलीले उक्त स्थानबाट शिशुको शव निकाली पोष्टमोर्टमको लागि जिल्ला अस्पताल फाप्लुमा पठाइएको थियो। हत्यामा संलग्न आमा रत्नमाया भुजेललाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको पुलिसले जनाएको छ।











