झापा: झापाको कमल गाउँपालिकाकी कुशिका बस्नेतले एसईईमा ४ जिपिए ल्याउन सफल भएकी छिन्। दमक नगरपालिकास्थित सिद्धार्थ बोर्डिङ स्कूलकी छात्रा बस्नेतले ४ जिपीए प्राप्त गरेको शिक्षा विकास तथा समन्वय इकाई झापा परीक्षा शाखाका कर्मचारी ओमप्रकाश राईले जानकारी दिए।