खोलाको किनारमा हात्ती मृत भेटियो

IMG-20240628-WA0094-copy

झापा: झापाको मेचीनगर-३ धरधरे टोलस्थित सुकेनिन्दा खोलाको किनारमा आज बिहान हात्ती मृत अवस्थामा भेटिएको छ। अन्दाजी ९/१० वर्षको एउटा जंगली भाले हात्ती मृत अवस्थामा भेटिएको जिल्ला पुलिस कार्यालय झापाले जनाएको छ। आज बिहान ७:३० बजेको समयमा स्थानीयवासीले हात्ती मरेको देखिेपछि पुलिसलाई खबर गरे। अहिले पुलिसको टोली घटनास्थल पुगेर सो ठाउँलाई सुरक्षित राखेको र हात्तीको मृत्युबारे थप अनुसन्धानको लागि डिभिजन वन कार्यालय भद्रपुर र मेची सबडिभिजन कार्यालय धाइजनबाट अनुसन्धान भइरहेको छ। वनका फिल्ड अफिसर कर्ण विश्वकर्मासहितको टोलीले आवश्यक अनुसन्धान गरिरहेको पुलिसले जनाएको छ। हात्तीको पोस्टमार्टम तथा अन्य अनुसन्धानको लागि कोशीटप्पु वन्यजन्तु आरक्ष सुनसरीबाट विशेषज्ञको टोली आउँदै गरेको

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement