अवैध निर्माणमाथि मिरिक नगरपालिकाद्वारा फेरि भत्काउने कार्य जारी

IMG-20240628-WA0136

मिरिक: अवैध निर्माणमाथि मिरिक नगरपालिकाद्वारा फेरि भत्काउने कार्य गरिएको छ। गत बुधबार अवैध निर्माणमाथि मिरिक नगरपालिकाले कदम चालेर भत्काउने कार्य गरेको थियो भने आज दोस्रो चरणमा पनि अवैध निर्माण विरूध्द कार्वाही गर्दै भत्काउने कार्य सम्पन्न गरेको छ। आज दाेस्राे चरणकाे कार्वाहीमा मिरिक नगरपालिका अध्यक्ष  एलबी राईकाे उपस्थितिमा मिरिक नगरपालिका क्षेत्रका सरकारी जमीन मिचेर अवैध निर्माण गरिएकाे कृष्ण नगरकाे दुईवटा ट्याक्सी सेण्डीगेट अनि एउटा घर भत्काउने कार्य गरिएको छ। आज दाेस्राे चरणमा मिरिक नगरपालिका क्षेत्रकाे अवैध  निर्माणहरूलाई भत्काउने कार्य गरियो भने धारवाहिक रूपमा याे कार्य चल्ने मिरिक नगरपालिका  अध्यक्ष एलबी राईले बताएका छन्। तिनले मिरिक नगरपालिकाले अवैध निर्माण हटाउनकाे लागि सात दिन अघि अवैध निर्माण हटाउने सूचना जारी गरेपछि सूचना पाएर पनि अवैध निर्माण नहटाइएका ठाँउहरूमा बुल्डाेजर चलाइएकाे बताएका छन्। उनले सरकारी जमीन मिच्नेहरू विरूद्ध मिरिक  नगरपालिकाले कानुनी रूपमा  कार्वाही गर्ने बताएका छन्। कानुन अनुसार सबैलाई समान रूपमा कार्वाही गरिनेछ। धनी गरीब, ठूलाे सानाे, आफन्त हेरिने छैन अनि जसले सरकारी जमीन मिचेकाे छ उनीहरू विरूद्ध कार्वाही गरिने बताएका छन्।तिनले मिरिकमा अवैध निर्माण हटाउन अनि मिरिकलाई सुन्दर र व्यवस्थित बनाउन मिरिक नगरपालिकाले उक्त पहल शुरू गरेकाे जानकारी गराउँदै अब उसाे मिरिक माेटर स्ट्याण्डदेखि  फूलबारी मैदान वाहन लान पनि बुधबारदेखि निषेध गरेकाे बताए।तिनले मिरिकलाई सफा राख्न नगरपालिकाले ठाेस कार्य गर्नेछ भन्दै विशेष गरी फल वा सब्जीवालाहरूलाई जतासुकै  फाेहाेर नफालि दिने अनुराेध गरेका छन्।

तिनले मिरिक पर्यटन केन्द्रमा अवैध रूपमा खुट्टी गाडेर पसल लगाउन नपाउने तर टेबल अथवा छाता लगाएर सफाईलाई ध्यानमा राखेर पसल लगाए कुनै आपत्ति नहुने बताएका छन्। तिनले हामीले सबैलाई समय दिएका छाैं। जति सक्दाे हामीले हाेइन अवैध निर्माण गर्नेहरूले नै भत्काएकाे असल हुनेछ। हामी समय दिने छाैं भनी बताएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement