दानाबारी सडक खण्ड सुखानी जङ्गल क्षेत्रमा रूख ढल्दा बाटाे अवरुध्द

IMG-20240628-WA0098

झापा: दानाबारी सडक खण्ड इलामको माईनरगपालिका–४ स्थित सुखानी जङ्गल क्षेत्रमा रूख ढल्दा बाटो अवरुद्ध भएको थियो। अविरल वर्षको कारण माटो गल्दा हिजो दिउसो २ बजे तिर रूख ढल्दा बाटो अवरुद्ध भएको हो। ढलेको रुखलाई प्रहरी र वन कर्मचारीले सडकबाट हटाई सकेका छन्। यतिबेला सहज रुपमा सवारी आवगमन भइरहेको छ। सो स्थानमा अत्याधिक पानी परेकाले जङ्गलको माटो गलेको अवस्था छ। सडक फराकिलो पार्न डोजर प्रयोग गरिएको गाउँहरूमा यसरी अरु रूख ढल्ने जोखिम पनि उच्च रहेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement