गुयाना: भारतले आफ्नो अजेय अभियान जारी राख्दै आईसीसी टी२० वर्ल्ड कप २०२४-को फाइनलमा स्थान बनायो। बिहीवार अबेर रातिसम्म चलेको दोस्रो सेमिफाइनल म्याचमा भारतले गत विजेता ईंग्ल्याण्डलाई ६८ रनले पराजित गऱ्यो। प्रोविडेन्स स्टेडियममा यस हारेर पहिला ब्याटिंग गर्दै भारतले कप्तान रोहित शर्मा (५७ रन) र सूर्यकुमार यादव (४७ रन)-को उत्कृष्ट प्रदर्शनको सहायताले २० ओभरमा ७ विकेट गुमाएर १७१ रन बनायो। त्यसपछि ईंग्ल्याण्डको टीम १६.४ ओभरमा १०३ रन बनाएर अलआउट भयो। स्पिन बलिंग सहायक पीचमा ईंग्ल्याण्डको ब्याटिंग क्रमले असहाय आत्मसमर्पण गऱ्यो। अक्षर पटेलको अगुवाईमा भारतीय स्पिनरहरूले लगातार विकेट हासिल गरी ईंग्ल्याण्डलाई दबाउमा राखे। यसैकारण भारतलाई म्याच जित्न अधिक असुविधा भएन। ईंग्ल्याण्डबाट हेरी ब्रूकले २५, कप्तान जोस बटलरले २३ र जोफ्रा आर्चरले २१ रन बनाए। भारतीय बलरहरुमा अक्षर पटेल र कुलदीप यादवले ३-३ विकेट लिए। यसरी जसप्रीत बुमराहलाई २ वटा सफलता हासिल भयो।
यसअघि टस हारेर पहिला ब्याटिंग गर्ने भारतीय टीमलाई कप्तान रोहित शर्माले फेरि एकपल्ट आक्रामक शुरुवात दिलाए। ओपनरको भूमिकामा विराट कोहली (९ रन)-को फ्लप शो जारी रह्यो जबकि पन्त पनि केवल ४ रन बनाएर आउट भए। यसरी ४० रनमा २ विकेटको पतनपछि रोहितले सूर्यकुमारसँग मिलेर तेस्रो विकेटको निम्ति तेजीको साथ ७३ रनको महत्त्वपूर्ण पार्टनरशीप गरे। रोहित आउट भएपछि चाहिँ भारतले लगातार विकेट गुमाउन थाल्यो। भारतीय कप्तानले ३९ बल खेलेर ६ वटा चौका र २ वटा छक्का लगाए। यसरी सूर्यकुमारले ३६ बल खेलेर ४ वटा चौका र २ वटा छक्का लगाए। अन्य भारतीय ब्याटरहरूमा हार्दिक पाण्ड्याले एउटा चौका र २ वटा छक्काको साथ १३ बलमा २३ रन बनाए। रविन्द्र जडेजाले अविजित १७ रनको योगदान दिए। ईंग्ल्याण्डका बलरहरूमा क्रिस जोर्डनले सर्वाधिक ३ विकेट लिए। अक्षर पटेललाई प्लेयर अव् द म्याच चयन गरियो। भारतले अब शनिवार खेलिने फाइनलमा दक्षिण अफ्रिकाको चुनौती स्वीकार्नेछ। फाइनल भारतीय समयानुसार राति ८ बजीदेखि शुरु हुनेछ।