नयाँ दिल्ली: भारतीय क्रिकेटर अजिंक्य रहाणेले जारी सीजनको दोस्रो हिस्साको निम्ति ईंग्लिश काउण्टी टीम लीसेस्टरशरसँग अनुबन्ध गरेका छन्। उनले काउण्टी च्याम्पियनशीपको अन्तिम पाँचवटा म्याचमा टीमको प्रतिनिधित्व गर्नको साथै वनडे कपमा पनि खेल्नेछन्। लीसेस्टरशरको टीम वनडे कपको गत संस्करणको च्याम्पियन हो। रहाणेले टीममा ३६ वर्षीय दक्षिण अफ्रिकी खेलाड़ी वियान मुल्डरको स्थान लिनेछन्। मुल्डर अगस्तमा राष्ट्रिय टीमसँग वेष्ट इण्डिज यात्रामा जानसक्छन्। रहाणेले सबै प्रारूपहरूमा (प्रथम श्रेणी, लिस्ट ए र टी२०) ५१ वटा शतकको सहायताले २६ हजारभन्दा अधिक रन बनाएका छन्। यस अवधि उनको सर्वोच्च स्कोर २६५ रन रहेको छ। उनले भारतीय टीमको निम्ति सबै प्रारूपमा १५ वटा शतकको साथ ८००० भन्दा अधिक रन बनाएका छन्। क्लबद्वारा जारी बयानमा रहाणेले भनेका छन्, म लीसेस्टरशरको टीममा सामेल भएर धेरै उत्साहित छु। मेरो क्लाउड (हेण्डरसन) र अल्फोन्सो (थोमस) – सँग असल सम्बन्ध छ अनि यस सीजनमा टीमसँग मैदानमा ओर्लिने प्रतीक्षा गरिरहेको छु।