नयाँ दिल्ली: भारतकी स्टार महिला भारोत्तोलक (वेट लिफ्टर) तथा टोक्यो ओलम्पिककी रजत पदक विजेता मीराबाई चानू आउँदो महिना शुरु हुने पेरिस ओलम्पिकमा पनि आफ्नो सर्वश्रेष्ठ प्रदर्शनको साथ देशलाई पदक दिलाउन चाहन्छिन्। मीराबाई पेरिसको निम्ति क्वालीफाई गर्ने एकमात्र भारतीय भारोत्तोलक हुन्। ओलम्पिकमा ४९ किग्रा ओजन वर्गमा प्रतिस्पर्धा गर्ने यस खेलाड़ीकी ध्यान चोटबाट बाँच्नमा पनि रहेको छ। आफ्नो तेस्रो ओलम्पिकको तयारी गरिरहेकी मीराबाईले साई (भारतीय खेल प्राधिकरण), आईओसी (भारतीय ओलम्पिक संघ) र भारतीय भारोत्तोलन महासंघ (आईडब्ल्यूएलएफ)-को सौजन्यमा पटियालामा आयोजित अनलाइन पत्रकार भेलामा भनिन्, पेरिसलाई लिएर रोमाञ्चितको साथमा सामान्य नर्वस र तनाउमा पनि छु। भारतको निम्ति पदक जित्ने दबाउ छ तर पेरिसमा आफ्नो सर्वश्रेष्ठ प्रदर्शन गर्न सफल भए देशको निम्ति पदक अवश्यै जित्नेछु। अहिले म यति चाहिँ भन्न सक्छु। मीराबाईकी स्न्याचमा व्यक्तिगत सर्वश्रेष्ठ ८८ किग्रा तथा क्लीन एण्ड जर्कमा ११९ किग्रा रहेको छ। उनी गत केही सालदेखि चोटसँग जुझिरहेकी छन्। एशियाई खेलहरूमा पनि उनलाई चोटले सताएको थियो अनि उनी ५ महिनासम्म खेलबाट बाहिर रहेकी थिइन्।
अमेरिकी फिजियो डा. आरोन हार्शिग र प्रशिक्षक विजय शर्मासँग काम गरिरहेकी मीराबाईको निम्ति चोटबाट मुक्ति पाउने प्रक्रिया सबैभन्दा ठूलो चुनौती रह्यो। मीराबाईले भनिन्, म अलि-अलि गर्दै ओजन उठाउने आफ्नो क्षमता बढ़ाइरहेकी छु। मैले ८०-८५ प्रतिशत फिटनेस हासिल गरिसकेकी छु अनि अभ्यासको अवधि स्न्याचमा ७०-८० किग्रा तथा क्लीन एण्ड जर्कमा १०० देखि ११० किग्रा ओजन उठाइरहेकी छु। यस मामिलामा हतार गर्न सकिँदैन। मीराबाई ओलम्पिकको तयारी गर्न ७ जुलाईमा पेरिस गइरहेकी छन्। उनले त्यहाँ एक महिना अभ्यास गर्नेछिन्। ओलम्पिकमा चानूकी स्पर्धाको आयोजन ७ अगस्तमा हुनेछ।