तारोबा (त्रिनिदाद): अफगानिस्तानका मुख्य प्रशिक्षक जोनाथन ट्रटले दक्षिण अफ्रिकाविरुद्ध यहाँ टी२० वर्ल्ड कपको सेमिफाइनलमा प्रयोग गरिएको पीचको कड़ा आलोचना गर्दै यस प्रकारको म्याचको निम्ति उपयुक्त नरहेको बताएका छन्। पीचबाट पेस बलरहरूलाई मूभमेण्ट प्राप्त भइरहेको थियो अनि अनिश्चित बाउन्स पनि थियो। यस पीचमा अफगानिस्तानको टीम केवल ५६ रन बनाएर अलआउट भयो, जुन टी२० वर्ल्ड कपको सेमिफाइनलमा अहिलेसम्मको सर्वनिम्न स्कोर हो। दक्षिण अफ्रिकाले पछिबाट ८.५ ओभरमै लक्ष्य हासिल गरे पनि ब्याटरहरूलाई रन बनाउन संघर्ष गरिरहेको देखियो। म्याचपछि ट्रटले भने, म आफूलाई समस्यामा पार्न चाहदिनँ अनि हारको निम्ति कुनै बहाना नै बनाउन चाहन्छु तर यो वर्ल्ड कपको सेमिफाइनल म्याच खेल्ने लायकको पीच थिएन।
ईंग्ल्याण्डका पूर्व क्रिकेटले बताएअनुसार, पीचले ब्याटरहरूलाई सम्पूर्ण रूपले म्याचबाट बाहिर गऱ्यो। उनले भने, म्याच बराबरीको हुनु पर्छ। मैले पीच एकदम समतल हुनु पर्छ भनेको पनि होइन जहाँ स्पिन या सीम मूभमेण्ट हुँदैन। पीच तयार गर्दा ब्याटरहरूलाई पनि ध्यानमा राख्नु पर्छ। ब्याटरहरूलाई आफ्नो खुट्टाको मूभमेण्टमाथि विश्वास हुनु पर्छ अनि उनीहरू आफ्नो कौशलको उपयोग गर्न सक्षम हुनु पर्छ। टी२०-को खेल आक्रामकताको साथ रन बनाउनु अनि विकेट लिनुसँग सम्बन्धित छ। यो प्रारूप क्रीजमा कायम रहनुको निम्ति होइन। उल्लेखनीय छ, तारोबामा जारी टी२० वर्ल्ड कपको ५ वटा म्याच खेलिएको छ अनि यसमा केवल एकपल्ट पहिला ब्याटिंग गर्ने टीमले १०० भन्दा अधिक रन बनाएको छ। आयोजक वेष्ट इण्डिजले न्यूजील्याण्ड विरुद्ध ६ विकेटमा १४९ रन बनाएर त्यसलाई सफलतापूर्वक बचाएको थियो।