प्रथम निर्वाचित सांसद सदस्य (लोकसभा) सुब्बाको निधनमा राज्यपालले गरे शोक व्यक्त

IMG-20240625-WA0243

गान्तोक: सिक्किमका राज्यपाल लक्ष्मण प्रसाद आचार्यले राज्यका प्रथम निर्वाचित सांसद सदस्य (लोकसभा) पहलमान सुब्बाको निधनमा शोक व्यक्त गरेका छन्। राज्यपालले आज जारी आफ्नो शोक सन्देशमा भनेका छन्, सिक्किमको प्रथम निर्वाचित सांसद सदस्य (लोकसभा) श्री पहलमान सुब्बाको निधनमा म गहिरो शोक एवं समवेदना प्रकट गर्दछु।

उहॉंले आफ्नो कार्यकालमा जनहित र समाज सेवाको उच्च मानदण्ड स्थापित गर्नु भयो, जुन हाम्रो ह्रदयमा सदैव स्मरणीय रहनेछ।’

राज्यपाल यस दु:खको समयमा उनका परिवार र प्रियजनहरूप्रति आफ्नो गेहिरो समवेदना व्यक्त गर्दै ईश्वरसॅंग दिवंगत आत्माको चिर शान्तिको प्रार्थना गरेका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement