गान्तोक: मुख्यमन्त्री प्रेमसिंह तामाङले सिक्किम र उत्तर बंगाल क्षेत्रका पोस्टमास्टर जनरल कर्नल अखिलेश कुमार पाण्डेसॅंग आज सॉंझ उनको मिन्तोकगाङस्थित सरकारी आवासमा भेट गरेका छन्।
सुकन्या समृद्धि योजना अन्तर्गत सिक्किममा लगभग १५ हजार छोरी नानीहरू पञ्जीकृत रहेकोमा मुख्यमन्त्रीले खुशी प्रकट गरे।
कर्नल पाण्डेले डाक घर निर्यात योजनाको बारेमा जानकारी गराउॅंदै यस योजना अन्तर्गत गान्तोक मुख्य डाकघरको माध्यमद्वारा स्थानीय निर्यातकहरूलाई उनीहरूका उत्पाद विश्वभरि निर्यात गर्न प्याकेजिङ युनिट स्थापना गरिएको बताए। मुख्यमन्त्रीले यस पहलको बारेमा थप जानकारीका लागि स्थानीय निर्यातक र कर्नल पाण्डेबीच एउटा सभा आयोजन गर्ने निर्णय लिएका छन्।
यस अतिरिक्त, मुख्यमन्त्रीले देवराली र सोरेङमा नयॉं पोस्ट अफिस स्थापना गर्न सहायता प्रदान गर्ने आश्वासन दिएका छन्।











