पैह्रौद्वारा क्षतिग्रस्त क्षेत्रको स्थलगत सर्वेक्षण

n61967224317195072741118d920098b190df5c5c10219dcd11093259d8d4159301d6bb1c7b24bd2bcec1fe

मंगन: मंगन जिल्लाका जिल्लापाल अन्नत जैनले आज सम्वन्धित निकायद्वारा पहिला बुझाएको रिपोर्टलाई ध्यानमा राख्दै पैह्रौद्वारा क्षतिग्रस्त क्षेत्रको स्थलगत भ्रमण गर्दै क्षतिको मूल्याङ्कन गर्नका साथै राहत कार्यलाई तीब्र बनाउने उद्देश्यले सर्वेक्षण गरे।

सर्वेक्षणको क्रममा अतिरिक्त जिल्लापाल काशी राज लिम्बू, अतिरिक्त जिल्लापाल (विकास) एचएस काफ्ले, महकुमा अधिकारी किरण ठटाल लगायत अन्य अधिकारीहरू पनि सामेल रहेका थिए।

वास्तविकता बुझ्ने उद्देश्यले जिल्लापाल जैनले स्थानीय साथै वार्ड पञ्चायतहरूसँग अन्तरक्रिया गरे। सोही प्रकारले उनले लाइन विभागका अधिकारीहरूसँग वर्तमान अवस्थाबारे अन्तरक्रिया गर्दै उनले ग्रेफका अधिकारीहरूसँग सडक सम्पर्कलाई लिएर जानकारी लिए। स्थानीयहरूसँगको अन्तरक्रियाको क्रममा उनले विशेष गरेर सडकको गुनासो आएपछि यसलाई प्राथमिकता दिएर काम गर्ने साथै सडक मरमम्त गर्ने आश्वासन दिए।

उनले प्रकोप प्रभावित क्षेत्रहरूको तत्काल आवश्यकतामाथि सम्बोधन गर्न र पूर्वाधार पुनर्स्थापना कार्य प्रभावकारी रूपमा अघि बढेको सुनिश्चित गर्न निरन्तर प्रयास गर्नुपर्ने सुझाउ दिएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement